२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

आफ्नै कार्यकर्ता ठग्ने कांग्रेस सांसद चौधरीविरूद्ध उजुरी, कारबाही माग्दै पीडित सिंंहदरबारमा

२१ माघ, काठमाडाैँ । आफ्नै कार्यकर्ता ठगेको भन्दै नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चाैधरीको विरूद्धमा संघीय संसदको सचिवालयमा उजुरी परेको छ । चाैधरीले लीलाबहादुर थापा र कृष्णराज पाण्डेको पैसा लिएर नदिएकी हुन । पीडित भनिएका थापा र पाण्डे दाङका नेपाली कांग्रेसका कार्यकर्ता हुन्। उनीहरूले कांग्रेस नेतृत्वसँग ठगीको बारेमा जानकारी गराउँदा पनि वास्ता नगरेपछि संसद सचिवालयमा निवेदन दिएको बताएका छन ।

चाैधरी विरूद्धको उजुरीमा दाङको गढवा गाउँपालिका, उपसभापति समेत रहेका पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ साल असोज २६ गते तीन लाख रुपैयाँ जम्मा गरेको तथा कांग्रेस क्रियाशील सदस्यसमेत रहेका लीलाबहादुरले २०७४ साल असोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख गरेका छन् ।

तर उनीहरूले पटक पटक ताकेता गर्दा पनि चाैधरीले उनीहरूको पैसा फिर्ता नदिएको जनाइएको छ । सांसद चौधरीले भने आफ्नो करियर समाप्त पार्ने उद्देश्यले आरोप लागइएको बताएकी छिन ।

प्रकाशित मिति : February 4, 2020 at 12:57 pm