भक्तपुरबाट अपहरणमा परेकी ६ वर्षीया बालिकाकाे घ्याम्पेडाँडा जंगलबाट सकुशल उद्धार
१९ माघ, काठमाडौँ । प्रहरीले भक्तपुरबाट अपरहणमा परेकी एक बालिकाको सकुशल उद्धार गरेको छ। सूर्यविनायक नगरपालिका-५ स्थित ग्लोरी इंग्लिस स्कूलमा अध्ययन गर्ने ६ वर्षीया बालिका अपरहणमा परेकाे ५ घन्टाभित्रै प्रहरीले उद्धार गरेकाे हाे ।

प्रहरीले अपहरणमा संलग्न एक व्यक्तिलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने २० वर्षीय आशिष थापा छन्। थापाले आइतबार १२ बजे सूर्यविनायक नगरपालिका-५ ग्लोरी इंग्लिस स्कूलमा अध्ययन गर्ने ६ वर्षीया बालिकालाई अपहरण गरेका थिए।
थापाले बालिकालाई अपहरण गरेर १६ लाख रुपैयाँ फिरौती समेत मागेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा र महानरीय प्रहरी वृत्त ठिमीले भक्तपुरस्थित घ्याम्पेडाँडा जंगलमा मुखमा टेप लगाएको र हात बाँधेको अवस्थामा बालिकाको उद्धार गरेका हुन्।
प्रकाशित मिति : February 2, 2020 at 7:10 pm









