बखुण्डोलकाे कवाडी पसलमा आगलागी
१९ माघ, ललितपुर । बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ । कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सट के कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीलाई कार्यालयमा ११ बजेर १५ मिनेट जाँदा फोन आएको थियो । काठमाडाैँ उपत्यकाका तीनै जिल्लाका तथा नेपाली सेनाका गरी पाँच वटा दमकल र १५ पानी ट्याङ्कीबाट आगो नियन्त्रण गरियो ।”
प्रकाशित मिति : February 2, 2020 at 2:25 pm









