१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सुनसरीमा बस र माइक्राेबस ठाेक्किँदा ४ जनाको मृत्यु, ६ घाइते

१९ माघ, सुनसरी । सुनसरीस्थित तित्रीवनामा भएको सवारी दुर्घटनामा चार जनाको मुत्यु भएको छ । इटहरीबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आज बिहान एकआपसमा ठोक्किदा चार जनाको मृत्यु भएकाे हो ।

दुर्घटनामा परी झापा भद्रपुरका ६५ वर्षीया डोलमाया कोइराला र ७५ वर्षीय हेमराज कोइराला, माइक्रो चालक धादिङ बैरेनीका २८ वर्षीय दीपक खड्का र भक्तपुरकी गरिमा गौतमको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : February 2, 2020 at 11:57 am