२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

एसीसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट (नामसहित)

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी पूर्वी क्षेत्रीय पुरुष टी-२० क्रिकेट प्रतियोगिताका लागि १८ खेलाडी छनोट गरेको छ । थाइल्यान्डमा फागुन १५ देखि २३ सम्म हुने प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, अविनाश बोहोरा, पवन सर्राफ, कुशल मल्ल, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकश बम, रोहित पौडेल र शेरबहादुर मल्ल छन् । शेरबहादुर पहिलोपटक सिनियर टोलीको १८ खेलाडीभित्र परेका हुन् ।

यस्तै भुवन कार्की लामो समयपछि टोलीमा पर्न सफल भएका छन् । क्यानले जारी गरेको १८ खेलाडीको सूचीबाट १४ खेलाडी छनोट गर्नेछ । यो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक थाइल्यान्ड, मलेसिया र म्यान्मार छन् । यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन छन् ।

प्रतियोगिताको विजेता टोली पाकिस्तानमा आयोजना हुने एसीसी एसिया टी-२० कपका लागि छानिनेछ ।

प्रकाशित मिति : February 1, 2020 at 8:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/