गोरखामा टिपरकाे ठक्कबाट महिलाकाे मृत्यु भएपछि स्थानीयद्धारा टिपर र स्काभेटरमा तोडफोड
१७ माघ, गोरखा । टिपरले ठक्करबाट महिलाको मृत्यु भएपछि गोरखाको छेपेटार क्षेत्र तनावग्रस्त बनेको छ । दूध बिक्रीका लागि बजार हिँडिरहेकी महिलालाई गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएकाे हाे ।

टिप्परको ठक्कबाट गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । क्रसरबाट निस्केको टिपरले उनलाई किचेको हाे । महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले उक्त क्रसर उद्योगमा रहेका दुई दर्जन बढी टिप्पर र स्काभेटरमा तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् ।
तामाङको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । महिलालाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
प्रकाशित मिति : January 31, 2020 at 11:53 am









