१ असार २०८३, सोमबार | Mon Jun 15 2026

केशर सिंहको ज्यान लिने टिपर चालकविरूद्ध मुद्दा चलाउन प्रहरी तयार भएपछि आन्दोलन फिर्ता

१६ माघ, सुर्खेत । टिपरको ठक्करबाट कालीकोटका एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव दुई पक्षबीचको सहमतिपछि अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बिहीबार दिउँसो भएको वार्तापछि मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

वार्तामा सहभागी मृतकका आफन्त जनकबहादुर सिंहले पाँचबुँदे सहमतिपछि विरोधका कार्यक्रम फिर्ता लिएको बताउनुभयो । उहाँका अनुसार टिपर चालक राजकुमार बोहोरालाई हदैसम्मको कारबाहीको लागि किटानी जाहेरी दिई कानूनी प्रक्रियाअघि बढाउने, पीडित पक्षलाई कानूनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने, पीडित परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार तथा प्रर्दशनका क्रममा घाइते भएकाको उपचार खर्चका लागि सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने, आजै शवको पोष्टमार्टम गरी सदगद गर्ने र घटनालाई लिएर भएका विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

सहमतिपछि तीन दिनदेखि तनावग्रस्त वीरेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ । घटनाको तेसो दिन टिपरधनी हरि विसी सम्पर्क आएपछि बल्ल बिहीबार वार्ता भएको हो । पीडित परिवारले टिपरधनीसं्ँग वार्ता नहुञ्जेल शव नबुझ्ने अडानसहित विरोध प्रर्दशन गर्दै आएका थिए । मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ डिल्लीकोटका २१ वर्षीय केशरबहादुर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : January 30, 2020 at 9:14 pm