२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

कोपा डेल रे : ४-० को जित निकाल्दै रियल क्वार्टरफाइनलमा प्रवेश

१६ माघ, काठमाडौं कोपा डेल रे प्रतियोगितामा रियल म्याड्रिड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार रातिको खेलमा रियलले रियल जारागोजालाई ४-० को फराकिलो गोलअन्तरले हराएको छ ।

ला रोमारेडा रंगशालामा भएको खेलमा पाहुना टोलीका तर्फबाट वारानेले पहिलो गोल गरे । टोनी क्रुसको पासलाई गोलमा परिणत गर्दै वारानेले सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, लुकास भस्क्वेजले ३२औं मिनेटमा गोल गर्दा पहिलो हाफमै रियलले अग्रता दोब्बर बनाएको थियो । खेलको आधा समयमै २ गोलले पछि परेको जारागोजाले दोस्रो हाफमा अर्को दुई गोलको सामना गर्न पुग्यो ।

भिनिसियस जुनियार र करिम बेञ्जेमाले क्रमशः ७२औं र ७९औं मिनेटमा गोल गरेर रियलको जित आत्मसात् गरे । –एजेन्सीं

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०९:३७