३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

बंगलादेशी पर्यटन व्यवसायी मोहिद्दिन अहमदको काठमाडाैँको होटल ग्राण्ड भिलामा हत्या

१५ माघ, काठमाडाैँ । काठमाडाैँको सोल्टीमोडको होटल ग्राण्ड भिलामा एक जना पर्यटन व्यवसायीको हत्या भएको छ । उनी बंगलादेशी पर्यटन व्यवसायी हुन । बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरका अनुसार अहमदको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा हत्या भएको हो ।

अहमद ट्राभल एजेन्सीका सञ्चालक हुन् । अहमदको टाउकोमा बोतल प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा गम्भीर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहमदसँगै होटलमा बसेका एक जना फरार रहेका छन । उनैले अहमदको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : January 29, 2020 at 9:40 pm