३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

दुबै मिर्गाैला फेल भएकी मनिषा मल्लका लागि १५ हजार सहयोग

१३ माघ, काठमाडाैँ । दुबै मिर्गाैला फेल भएकी मनिषा मल्लका लागि १५ हजार सहयोग जुटेको छ । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य वकिल बमको पहलमा नगरकोट दोहरी साँझमा १५ हजार संकलन गरी उनका दाजु नरेन्द्र मल्ललाइ हस्तान्तरण गरिएको छ । नगरकोट दोहोरी साँझमै जम्मा भएका साथीहरूको बीचबाट रकम संकलन गरेर थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको नेकपाका नेता बमले बताए ।

उनले मनिषाको दुबै मिर्गाैला काम नगर्ने भएकाे र मानवीयताको नाताले सहयोग गरिएको बताए । नरेन्द्र लोकदोहरी प्रतिस्ठान उपत्यका समितिका सदस्य समेत हुन ।

प्रकाशित मिति : January 27, 2020 at 8:11 pm