३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नवनिर्वाचित सभामुख सापकोटा विरुद्ध शितलनिवास अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ

१३ माघ, काठमाडौँ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई प्रहीले पक्राउ गरेको छ । सापकोटाले सोमबार(आज) राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीहरु प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।


आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत पक्राउ गरिएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा सापकोटालाई सभामुख निर्वाचित गरिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : January 27, 2020 at 12:40 pm