३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

६ हजार धरौटीमा सांसद दीपक मनाङ्गे रिहा

१२ माघ, पोखरा । ६ हजार धरौटीमा सांसद दीपक मनाङ्गे रिहा भएका छन् । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका  भोलिपल्ट मनाङ्गेविरूद्ध  अध्यक्ष मिलन गुरुङले उजुरी गरेपछि पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।


आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित मिति : January 26, 2020 at 6:12 pm