२९ राउण्ड गोलीसहित जहाज चढ्न लागेका एक जना पोखरा विमानस्थलबाट पक्राउ
१२ माघ, काठमाडाैँ । २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ परेका छन् । राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए।

विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
प्रकाशित मिति : January 26, 2020 at 5:45 pm









