अमेरिकामा लुकेको भनिएकी उपमेयर नेपाली भन्छिन्: म बिरामी छु, मलाई बाच्न दिनुहोस्
१२ माघ, काठमाडौँ । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ ।
कात्तिकको पहिलो साता अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन दर्शना अमेरिका गएकी थिइन् । तिलागुफाका मेयर रतन शाहीले करिब एक महिनादेखि दर्शना आफूसित सम्पर्कमा नरहेको सञ्चारमाध्यमलाई बताएका थिए ।

बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् ।
आफूलाई लागेको रोगका विषयमा केहि नबताएकी नेपालीले आफ्नाे उपचार भारतीय डाक्टर अञ्जीर कुमारले गरिरहेकाे उल्लेख गरेकी छन् । आफ्नो घाउमा नुन खुसार्नी नछर्कन र आफुलाई बाँच्न दिन समेत अनुरोध गरेकी छन् ।
यस्ताे छ उनकाे स्टाटस्ः
प्रकाशित मिति : January 26, 2020 at 1:34 pm









