झापाबाट काठमाण्डौ आउँदै गरेकाे माईक्रोबस बीपी राजमार्गको सडकबाट खस्यो
१२ माघ, काठमाडाैँ । झापाबाट काठमाण्डौ आउँदै गरेकाे माईक्रोबस बीपी राजमार्गको सडकबाट खसेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झापाबाट काठमाण्डौ आउँदै गरेकाे बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको छ । दुर्घटनामा १० जना घाइते भएका छन । घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : January 26, 2020 at 9:29 am









