३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

यस्ता छन सशस्त्र प्रहरी बलको कल्याणकारी योजना

११ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बलको १९ औँ वार्षिकोत्सबमा महानिरीक्षक शैलेन्द्र खनालले विभिन्न कल्याणकारी योजना प्रस्तु गरेका छन । उनले अघि सारेका कल्याणकारी योजनाले सशस्त्र प्रहरीका सबैजसो कर्मचारीलाई सकारात्मक रूपमा प्रभावित पार्ने देखिन्छ । सशस्त्र प्रहरी कर्मचारीलाई खुशी दिने कल्याणकारी योजना हामीले पनि यहाँ प्रस्तुत गरेका छौँ ।

खनालले सशस्त्र प्रहरीको नेतृत्व गरेपछि संगठनको बेरूजु शून्यमा झार्नेदेखि संगठन चलायमान बनाउनका लागि नियमित रूपमा सरूवा र वुढुावको कामलाइ समेत प्राथमिकता दँदै अाएका छन । उनको नेतृत्वपछि नेपाल भारत सीमामा तनावको स्थिति छैन । विगतको जस्तो जनताहरूले भारतीय एसएसबीको दूर्व्यवहार सहनु परेको छैन । सरकारले दिएको जिम्मेवारी अनुसार हाल सशस्त्र प्रहरी सफल रूपमा अघि बढेको देखिन्छ ।

कल्याणकारी योजना

 सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधा र हितलाई ध्यानमा राखी आधारभूत आवश्यकताहरु परिपूर्ती गराउदै लैजाने संगठनको नीति अनुसार सशस्त्र प्रहरी बल¸ नेपालका सम्पूर्ण इकाईहरुमा एक जवान एक खाट नीति लागू गरिएको छ।

 विभिन्न कारणले दीर्घकालीन रुपमा अशक्त हुन पुगेका¸ अस्पतालको पहुँचबाट पर रहेका र लामो समयसम्म अस्पतालको Follow up मा रहनुपर्ने सशस्त्र प्रहरी कर्मचारीहरुको उपचारमा सहजता ल्याउने उद्देश्यका साथ नेपाल एपीएफ अस्पताल सँगै पुनर्स्थापना केन्द्र (Rehabilitation Centre) को स्थापना गरी संचालनमा ल्याई सकिएको छ।

 राष्ट्र र जनताको रक्षार्थ आफ्नो प्राणको आहुति दिई नेपाल सरकारद्वारा सम्मानित सशस्त्र प्रहरी बलका विर सहिदहरुको सम्मान एवं उच्च कदर गर्दै सशस्त्र प्रहरी बल नेपालका स्थायी कार्यालयहरुमा रहेका भवनहरुको नामाकरण ती शहिदहरुको नामबाट नामाकरण गर्ने कार्य गरिएको छ र यसलाई निरन्तरता दिदै लगिने छ । तपाँई हामी अहिले जुन हलमा उपस्थित रहेका छौं यो भवनको नामाकरण संस्थापक महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठज्युको नामबाट कृष्णमोहन स्मृती भवन नामाकरण गरिएको छ र वहाँको तस्विर समेत राखिएको छ । यही अनुरुप नेपालका अन्य स्थायी कार्यालयहरुमा रहेका भवनहरुको नामाकरण गरिएको छ। हाम्रा विर सहिदहरुको सम्मानमा हामीले गरेको यो सानो प्रयासले हामीलाई वहाँहरुको त्याग र वलिदानको सदा स्मरण गराउनेछ र हामीलाई असल मार्गमा हिड्न सँधै उत्प्रेरीत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

 सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत १० वर्ष सेवाअवधी पुगेका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सिनियर अधिकृतहरुलाई चार पाङ्ग्रे सवारी साधन उपलब्ध गराउने सम्बन्धी निर्देशिकाको आधारमा (बढिमा १५ लाख वा खरिद मुल्यको ७0% सम्मको रकम) मासिक रुपमा कोषको अवस्था अनुसार संख्या निर्धारण गरी चारपांग्रे हलुका सवारी साधन सहुलियत व्याजदरमा किस्ताबन्दी ऋण स्वरुप उपलब्ध गराउन आवश्यक कार्यविधी तयार गर्न पहल भईरहेको छ ।

 दश वर्ष सेवा अवधी पुरा भएका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई हाल उपलब्ध गराउँदै आएको साविकको किस्ताबन्दी सहुलियत नगद ऋण रकममा समयानुकुल बृद्धि गरी स.प्र.ब.उ. भन्दा माथिल्लो दर्जाको लागि ७ लाख, स.प्र.नि. देखि स.प्र.उ. सम्म ५ लाख, जुनियर अधिकृत ४ लाख र अन्य दर्जाको लागि ३ लाख पुर्‍याईएको छ ।

 नोकरी अवधी १० वर्ष पुरा भई अनिवार्य अवकास हुन ५ वर्ष बाँकी रहेका सशस्त्र प्रहरी बल¸ नेपालमा बहाल रहेका (सशस्त्र प्रहरी परिचरदेखि जुनियर अधिकृतसम्म) राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुका 1 जना वेरोजगार छोरीलाई स्नातक तह वा सो भन्दा माथि अध्ययन गराउनको लागि कोटा निर्धारण गरी First come first को आधारमा बढिमा ३ लाख रुपैयासम्म वार्षिक 6% को सहुलियत व्याज दरमा नगद ऋण उपलव्ध गराईने छ ।

 नेपाल एपिएफ स्कुलमा अध्ययनको मौका नपाई सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरी माध्यामिक तहको अन्तिम परीक्षा (कक्षा 11 र 12 को लव्धाङ्क पत्र) को आधारमा GPA ‘A’ वा सो भन्दा माथि नतिजा प्राप्त गर्ने सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी नायव निरीक्षकको १ जना छोरीलाई एकमुष्ट १० हजार छात्रवृत्ति उपलव्ध गराईने छ ।

 १० वर्ष सेवा अवधी पुरा भएका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीका १ जना सन्ततीको लागि ईन्जिनियरिङ्ग र चिकित्सा शास्त्रमा स्नातक वा स्नातकोत्तर तह अध्ययनको लागि बार्षिक ६% को सहुलियत व्याजदरमा अधिकतम रु १० लाखसम्म धितो संरक्षणमा शैक्षिक कर्जा उपलव्ध गराईने छ ।

 नेपाल ए.पि.एफ. स्कूलमा अध्ययन गरी SEE परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उतीर्ण हुने १ जना विद्यार्थीलाई एकमुष्ट रकम रु. 50 हजार नगद पुरस्कार प्रदान गरिने छ ।

 राष्ट्रसेवक कर्मचारीका सन्ततीहरुले शीक्षाको ज्योतीबाट वन्चित हुन नपरोस र कार्यक्षेत्रमा खटीने राष्ट्रसेवकहरुले आफ्ना सन्ततीको शिक्षा दिक्षामा चिन्ता नलीई आफुलाई राष्ट्र र जनताको सेवामा समर्पीत गर्न सक्ने वातावरण निर्माण गर्न एवं गुणस्तरिय र सर्वसुलभ शिक्षाको पहुँच देशका विभिन्न स्थानमा विस्तार गर्दै जाने संगठनको लक्ष्य अनुसार सातै प्रदेशमा नेपाल एपीएफ स्कुलको विस्तार गर्ने योजना रहेकोमा हाल एक मात्र एपिएफ स्कुल काठमाण्डौमा मात्र रहेको र यहि शैक्षिक सत्र 2077 बैशाखदेखि प्रदेश नं ५ को कोहलपुर बाँके र आगामी शैक्षिक सत्रदेखि प्रदेश नं. २ को जिल्ला सप्तरी शम्भुनाथ नगरपालिकामा नेपाल ए.पि.एफ. क्षेत्रीय स्कूलहरुको संचालन गरिने छ ।

 सशस्त्र प्रहरी बल¸ नेपालमा बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी तथा तिनका परिवारजनहरु विरामी भई उपचारको लागि नेपाल ए.पि.एफ. अस्पतालमा आउँदा उपचार अवधि भर बस्नको लागि नेपाल ए.पि.एफ. अस्पताल परिसरमा एउटा विरामी कुरुवा घर निर्माण गर्ने प्रक्रिया अगाडि बढाईने छ ।

 कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले अपाङ्ग भई हिडडुल गर्न नसक्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत स्वरुप अपाङ्गमैत्री चार पांग्रे स्कूटर उपलव्ध गराईने छ ।

 अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाल ए.पि.एफ. क्लबको तर्फबाट खेलकुदमा भाग लिई पदक प्राप्त गरी राष्ट्रको पहिचान अभिवृद्धी गराउन सफल खेलाडिहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारबाट सम्मान गरिनेछ ।

 सशस्त्र प्रहरी बलमा कार्यरत महिला कर्मचारीहरुलाई सेवा सुविधा प्रदान गर्ने गरी सुत्केरी अवस्थामा आमा र बच्चालाई आवश्यक पर्ने पोषणयुक्त खाना र नवजात शिशुको उचित हेरचाहको लागि मातृशिशु स्याहार कार्यक्रम संचालन गरी 5 वर्ष सेवा अवधि पुरा भएका महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई तत्कालिन आवश्यकता पूर्ति गर्नको लागि निर्व्याज सहयोग सापटी स्वरुप रु. १ लाख रकम एकमुष्ट उपलव्ध गराईनेछ र उक्त रकम मासिक रुपमा रु. 10 हजारका दरले 10 महिनासम्मको तलबबाट कट्टी गरी किस्ताबन्दी रुपमा फिर्ता हुने गरी कार्यक्रम अगाडी ल्याइएको छ ।

 UNPOL मिशनहरुमा खटिई जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत व्यवस्थापनमा सहज होस् भन्नाका लागि सशस्त्र प्रहरी बल¸ नेपाल कल्याणकारी सेवा केन्द्रको आन्तरिक श्रोतबाट प्रोत्साहन स्वरुप व्यक्तिगत सामाग्रीहरु मिशन एरिया अनुसार (APF Vest, Mosquito net, Torchlight, Rucksack, Zebra Bag आदि) आवश्यकता र औचित्य हेरी निशुल्क तथा निर्व्याजी सापटी स्वरुप नगद रु. १ लाखसम्म मिशन समापन पश्चात कट्टी हुने गरी उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

 आफ्नो जीवनका स्वर्णीम कालखण्डहरु राष्ट्र र जनताको सेवामा समर्पीत गरी सशस्त्र प्रहरी बल¸ नेपालको सेवाबाट अवकास प्राप्त गर्नुहुने प्रथम श्रेणी देखी माथिल्लो दर्जाका सशस्त्र प्रहरी अधिकृतहरुलाई वहाँहरुको योगदानको कदर गर्दै नेपाल एपिएफ क्लबको आजिवन सदस्यता प्रदान गर्ने कार्यको शुरुवात गरिएको छ ।

 सशस्त्र प्रहरीका बहालवाला एवं पूर्व कर्मचारीहरु¸ परिवारजन र आम नागरिकहरुलाई स्तरीय एवं प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपिएफ अस्पतालको स्तरोन्नती गरी अस्पताललाई आत्मनिर्भर बनाउँदै लगिएको, एपिएफ अस्पतालको बहिरङ्ग सेवाको स्तरोन्नती¸ Intensive Care Unit (ICU) सेवा संचालन गरिएको छ¸ D2 Level ब्लड बैङ्कको स्थापना गरिएको छ।क्षेत्रिय अस्पतालहरुको सेवा सुविधालाई स्तरोन्नति गर्न आवश्यक जनशक्ति तथा उपकरणहरु नेपाल ए.पि.एफ. अस्पतालबाट उपलव्ध गराईएको छ।चितवनको कुरिनटारमा ट्रमा केयर सेन्टरको संचालन गरिएको छ। नेपाल एपिएफ अस्पतालमा MRI मेसीन जडान गर्न नेपाल सरकारबाट समेत स्विकृती प्राप्त भइसकेकोले जडान गर्ने प्रकृया अगाडी बढाइसकिएको छ साथै नेपाल एपिएफ अस्पताल एवं क्षेत्रिय अस्पतालहरुको सेवा प्रवाहलाई थप स्तरोन्नती गर्न आवश्यक पहल गरिने छ ।

प्रकाशित मिति : January 25, 2020 at 1:18 pm