पोल्याण्ड पठाइदिन्छु भन्दै ९ जनाबाट ६८ लाख ठगी गर्ने काभ्रेका गुनराज लामा पक्राउ
१० माघ, काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भन्दै ९ जनाबाट ६८ लाखभन्दा बढी रकम लिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ घर भइ काठमाडौँको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने ३८ वर्षीय गुनराज लामा छन् । ठगी गरेको सम्बन्धमा परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।

लामाले काठमाडौँ बस्दै आएका रामकृष्ण खड्कासहितका ९ जना व्यक्तिलाई रोगजारीका लागि पठाइदिने भन्दै ६८ लाख १७ हजार रुपैयाँ उठाएका थिए । तर, उनीहरुलाई नेपालबाट युएई हुँदै अजरबैजान पुर्याएर अलपत्र पारिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : January 24, 2020 at 6:07 pm









