३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सांसद दीपक मनांगेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ

१० माघ, काठमाडौँ । प्रहरीले सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई  पक्राउ गरेको छ ।

गुरुङलाई बैंकिङ कसूरमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।पोखराको गैह्रापाटनबाट उनि पक्राउ परेका हुन् । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ ।  बिहीबार उनिमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो । ओम गौरा होस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ उनी परेका हुन् ।

प्रकाशित मिति : January 24, 2020 at 2:48 pm