३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कोरियाली प्रविधिको ‘प्यानल हाउस’ बारे जानकारी दिँदै सर्वसाधारण

१० माघ, चिप्लेढुङ्गा । पोखराको जारी दशौँ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियाली प्रविधिबाट निर्मित ‘प्यानल हाउस’ बारेमा बुझ्न दर्शक उत्सुक देखिएका छन् । कोरियाली प्रविधिबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस सस्तो र बलियो हुने भएकाले सर्वसाधारणको चासो बढेको हो । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस प्रति वर्गफिट रु दुई हजारको दरले निर्माण गर्न सकिने भएकाले धेरैले उत्सुकतापूर्र्वक अवलोकन गर्दै जानकारी लिएको साई प्यानल नेपाल पोखरा शाखा सारु ट्रेडिङका बजार व्यवस्थापक राजु थापाले जानकारी दिनुभयो ।

मुख्य कार्यालय चितवन माडीमा रहेको साई प्यानल नेपालले विगत दुई वर्षदेखि पोखराको हस्पिटलचोकमा सारु ट्रेडिङमार्फत बिक्री वितरण गर्दै आइरहेको र हालसम्म १५ भन्दा बढी ठाउँमा कोरियाली प्यानल हाउस निर्माण गरिसकेको समेत थापाले जानकारी दिनुभयो ।

प्यानल हाउस भूकम्प प्रतिरोधी भवन निर्माणका लागि उत्कृष्ट, चिसो तातोमुक्त, अत्यन्तै कम वजन भएकाले निर्माण र व्यवस्थापनमा सहज, कम आर्थिक भार, चलनचल्तीको निर्माण सामग्री जस्तै टिकाउ, उच्च गुणस्तरको कोरियाली कच्चा पदार्थबाट उत्पादित, रङरोगन गर्नु नपर्ने, जडानका लागि सहज हुने उहाँको भनाइ छ । वातावरणमैत्री, ‘साउण्ड प्रुफ’, आगो प्रतिरोधात्मक, पाँचदेखि छ हप्ताभित्रमा घरमा बस्ने गरी पूर्णरूपमा तयारी हुने र सजिलै जडान गर्न र फुकालेर अन्यत्र लैजान सकिने भएकाले थोरै कमाइबाट पनि घर बनाउन चाहनेहरुका लागि उपयुक्त हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : January 24, 2020 at 12:57 pm