३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

आफ्नै बिबाहको निमन्त्रणा बाड्दै गरेकी युवतीको टिपरको ठक्करबाट मृत्यु, स्तब्ध बने प्रेमी

१० माघ, कञ्चनपुर । कञ्चनपुरमा आफ्नो बिबाहको निमन्त्रणा बाँड्दै गरेकी युवतीको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार दिँउसो बिबाहको निमन्त्रणा बाँडेर घर फर्किरहकी युवतीको टिपरको ठक्करबाट मृत्यु भएको हो । चम्मन चौकमा से १ क ८८७ नम्वरको टिपरले ठक्कर दिँदा भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेको टिपरले साइकलमा गुडिरहेकी रमितालाइ ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । जोशी बिल्डर्स एण्ड कन्ट्रक्सनको को नाममा रहेको टिपर र चलक प्रहरीको नियन्त्रणमा रहेका छन । युवतीको मृत्युपछि महेन्द्रनगर बजार तनावग्रस्त बनेको छ । उनको बिबाहको तयारी गरिरहेको परिवार शोकमा डुबेको छ ।

परिवारका अनुसार डेढ बर्ष अगाडी मात्रै कञ्चनपुरका प्रकास टेर र बैतडीको गुरुखोला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका गोवरीया बस्दै आएकी भट्टले भागी विवाह गरेका थिए। भागी विवाहको डेढ बर्षपछि दुवै परिवारको सहमतीमै माघ १३ गते विवाह गर्ने निधो भएको थियो । तर बुधवार आफ्नै विवाहको कार्ड बाडिरहेकी रमितालाई टिपरले मारिदियो ।

रमिताको मृत्युपछि प्रकाश सबैभन्दा बढी शोकमा परेका छन । उनले आफ्नो पीडा फेसवुकमा पोख्दै लेखेका छन्, ‘तेरो लागि साडी ल्याईदिएको छु बुढी, पर्सि हाम्रो विवाह हो। का छस छिटो आइजा।’ उनले अगाडी लेखेका छन्, ‘मेरै लागि परिवार सहित सवथोक त्याग्यौ तर मलाई बिचमै किन छोडेर गयौ । मैले यति लामो बाटो एक्दै कसरी हिड्ने ?’

प्रकाशित मिति : January 24, 2020 at 11:25 am