३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

विदेशी सरह सुविधा नपाएको भन्दै नेपाल एयरलाइन्सका २५ पाइलटले दिए राजीनामा (पत्रसहित)

१० माघ, काठमाडौँ । नेपाल एयरलाइन्सका २५ पाइलटले दिए राजीनामा दिएका छन् । विदेशी सरहरको सुविधा नपाएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेपाल एयरलाइन्सका अधिकांश नेपाली पाइलट तथा को-पाइलटले राजीनामा बुझाएका हुन्। उनीहरूले बिहीबार साँझ ३ महिनाको समयसीमा दिंदै व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको आराेप समेत लगाएका छन् ।

राजीनामा दिने पाइलट तथा को-पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ। विदेशी पाइलटले सातामा ४६ घण्टा र नेपाली पाइलटले सातामा ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ।

पाइलटहरुले व्यवस्थापनलाई ३ महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्। एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामामा दिएका छन्।

प्रकाशित मिति : January 24, 2020 at 10:12 am