आज वागमती प्रदेशमा सार्वजनिक बिदा
१० माघ, काठमाडौं । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा आज (माघ १० गते) प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वागमती प्रदेशमा बिदा दिने बताएको छ ।
गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका अधिकृत पेशलकुमार पोखरेलद्वारा हस्ताक्षरिक सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : January 24, 2020 at 7:43 am







