३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

माअोवादी संसदीय दलको बैठकमा बजेट केन्द्रीत छलफल जारी

२४ वैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । माअोवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटका बारेमा केन्द्रीत रहेर अाफ्ना धारणा राखिरहेकाे सांसद हितबहादुर तमाङले जानकारी दिए ।

बैठकमा प्रचण्डले समसामयिक राजनीतिका बारेमा समेत संक्षिप्त जानकारी  दिने बताइएकाे छ । सांसदहरूले अाफ्नो निर्वाचन क्षेत्रको विकाससँग केन्द्रीत रहेर सुझावहरू दिने कार्यक्रम समेत रहेको बुझिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०९:४०