१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

खोसियो ह्यारी दम्पतीको शाही उपाधि

५ माघ, लन्डन । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधि खोसिएको छ । उनीहरु दुवैले अब हिज–हर रोयल हाइनेस (एचआरएच) उपाधि प्रयोग गर्न नपाउने भएका छन् । यस्तै उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसबारे बकिङ्घम राजदरबारले शनिबार घोषणा गरेको हो । दरबारका अनुसार अब ड्युक एन्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती) का लागि छुट्याइएको करदाताको २ दशमलव ४ मिलियन पाउन्ड अब उनीहरुको बेलायती परिवारमै रहनेछ ।

गत सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारको पछिल्लो भनाइ सार्वजनिक भएको हो । हालै ह्यारी दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो ।

राजदरबारद्वारा जारी वक्तव्यमा ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने उल्लेख छ । ह्यारीले  देश र कमनवेल्थमा प्रतिबद्धताका साथ काम गरेकामा धन्यवाद भन्दै महारानीले मेघन यति चाँडै परिवारको सदस्य भएकोमा गौरव महसुस गरेको समेत जनाएकी छन् । –बीबीसी

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०८:०३