१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पूर्वराष्ट्रपति मुसर्रफको ‘मृत्युदण्ड सजाय’ बदर

लाहोर उच्च अदालत भन्छ, ‘मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक’

२९ पुस, इस्लामावाद । पाकिस्तानको लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परबेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय बदर गरेको छ । उच्च अदालतले १७ डिसेम्बर २०१९ मा उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो ।

उच्च अदालतको पूर्ण इजलासले सोमबार जनरल मुसर्रफले गरेको याचनामाथि सुनुवाइ गरेको हो । उनले विशेष अदालतले आफूमाथि गैरकानुनी रुपमा सजाय सुनाएको भन्दै उच्च अदालतमा याचनापत्र दायर गरेका थिए ।

उच्च अदालतले विशेष अदालतका अन्य फैसलालाई रद्द गरेको बीबीसी हिन्दीले जनाएको छ । यस फैसलासँगै मुसर्रफको सजाय पनि रद्द गरिएको एडिसनल अर्टनी जलनरल ए खान केले बताए ।

उच्च अदालतले १८ औं संशोधनका अनुसार संविधानको धारा ६ मा गरिएको परिवर्तनअनुसार मुसर्रफलाई मृत्युदण्ड दिनु गैरकानुनी मानिने जनाएको छ । अदालतको फैसलामा भनिएको छ, “कसैको अनुपस्थितिमा उसलाई सजाय सुनाउनु गैर-इस्लामी, गैर-कानुनी र गैर संवैधानिक छ ।”

यस विषयमा फैसलाको पूर्णपाठ पछि सार्वजनिक गरिने अदालतले जनाएको छ ।

सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुसर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज सरिफबीच कारगिल युद्धमा सेनाको संलग्नताको विषयमा विवाद उत्पन्न भएपछि रक्तहीन सत्तापलट गरी सेना प्रमुख मुसर्रफले सत्ता आफ्नो हातमा लिएका थिए । –बीबीसी

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०६:४४