१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

फिलिपिन्समा सुनामीको खतरा : ८ हजार सर्वसाधारणलाई सारियो, रोकिए अन्तर्राष्ट्रिय उडान

२८ पुस, मनिला । ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँले वायु प्रदूषण भएको भन्दै फिलिपिन्समा ८ हजार बढी सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ । ज्वालामुखी निस्किएसँगै सर्वसाधारणहरु पनि त्रसित भएका छन् ।

तस्बिरहरु : बीबीसी

राजधानी मनिलानजिकै दक्षिणी क्षेत्रमा पर्ने तालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र खरानीले प्रदूषण भएको भन्दै अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी तालको आसपासका सर्वसाधारण प्रभावित हुने भन्दै अन्यत्र स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले समाचारमा जनाएको छ ।

ज्वालामुखी र भूकम्पले अझै विनाश निम्त्याउने भन्दै सतर्क रहन सरकारी अधिकारीहरुले अपिलसमेत गरेका छन् । ज्वालामुखीका कारण बाक्लो तुवाँलोले वायु प्रदुषण गरेको भन्दै मनिलामा अन्तर्राष्ट्रिय उडानसमेत रोकिएका छन् ।

आइतबारबाट सुरु भएको त्यस क्षेत्रमा खरानी माथि-माथि उडिरहेको अधिकारीहरुले बताएका छन् । साथै त्यस आसपासमा फरकखाले आवाज पनि आइरहेको छ । अधिकारीहरुले स्थानीय बासिन्दालाई मास्क लगाउन सार्वजनिक रुपमै अनुरोध गरेका छन् । –बीबीसी

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०८:५०