१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दुबईको माकतुम विमानस्थल जलमग्न, ३ सय भारतीय अलपत्र

२७ पुस, दुबई । युएईको दुबईस्थित अल मकतुम इन्टरनेसनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाले विमानस्थल डुबानमा परेको बीबीसीले समाचारमा जनाएको छ ।

गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३ सय भारतीय मात्रै भएको बीबीसी हिन्दीमा समाचार छ ।

दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा र बाढी आएपछि विमानका कैयौं उडानमा ढिलाइ वा रद्द गरिएको थियो । कतिपय विमानले रुट बदलेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कैयौं उडान १२ देखि १४ घण्टा ढिला भएका थिए । सामाजिक सञ्जालमा हालिएका भिडियोमा सो विमानस्थलमा पानी नै पानी देखिन्छ । त्यहाँ रहेका थुप्रै यात्रुलाई अर्को उडान लिनुपर्ने भए पनि पानीका कारण उडान अवरुद्ध भएका छन् ।

प्रशासनका तर्फबाट एडभाइजरी जारी गरेर भारी वर्षाले उडान प्रभावित भए पनि यात्रुका लागि वैकल्पिक उपाय अपनाउन लागिएको जनाइएको छ । –बीबीसी

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०९:३१