२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सेफिल्ड युनाइटेड ईपीएलको पाँचौं स्थानमा उक्लियो

२६ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै सेफिल्ड युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा सेफिल्डले वेस्टह्याम युनाइटेडलाई १-० ले पराजित गरेको हो ।

सेफिल्डका लागि ओली म्याकबर्नीले ५३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितपछि म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई पछि पार्दै सेफिल्ड पाँचौं स्थानमा उक्लिएको हो । उसको २२ खेलबाट ३२ अंक भएको छ ।

म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ३१ तथा टोटनह्यामको २१ खेलबाट ३० अंक पुगेको छ । सेफिल्डसँग पराजित वेस्टह्याम २१ खेलबाट २२ अंकसहित १६औं स्थानमा छ । –एजेन्सी

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०७:४६