१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पञ्चकन्या माविको वार्षिकोत्सबमा पूर्व विद्यार्थीले दिए साउण्ड सिस्टम सेट

२३ पुस, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको पञ्चकन्या माध्यामिक विद्यालयको वार्षिकोत्सबमा पूर्व विद्यार्थीले साउण्ड सिस्टम सेट दिएका छन । बुधबार ४४ औं वार्षिकोत्सबको अवसर पारेर विद्यालयका शैक्षिक सत्र २०६६ को एस एल सी व्याजका विद्यार्थीहरु र भूतपूर्व विद्यर्थी मञ्चको आर्थिक सहयोगमा एक लाख तिस हजार रूपैयाँ बराबरको साउण्ड सिस्टम सेट हस्तान्तरण गरिएको छ । २०६६को समूहका तर्फबाट प्रचण्डजंग पाण्डे, अमृत तिवारी, नारायण पनेरु, सन्जय मुडभरी, नबराज पुडासैनी सुजन रेग्मी शिबहरी पान्डे लगायले पहलकदमी लिएका थिए ।

विद्यालयका शिक्षक विद्यार्थी अभिभावक पूर्व विद्यार्थी एवं स्थानीय समाजसेवीहरुको उपस्थितिमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष विष्णुहरि रेग्मीले साउण्ड सिस्टम सेट विद्यालयका प्रधानाध्यापक शम्भु तिवारीलाइ हस्तान्तरण गरेको मञ्चका महासचिव ठाकुरजंग पाण्डेले जानकारी दिए । साउण्ड सिस्टम सेट स्वीकार गर्दै प्रधानाध्यापक तिवारीले पूर्व विद्यार्थीहरुको विद्यालय र समुदायप्रतिको चासो र सहायताको उच्च प्रसंशा गरे । उनले यस्ता कार्य आगामी पुस्ताका लागि समेत अनुकरणीय हुने बताए ।

सामग्री हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष रेग्मीले विद्यालयको विकास र शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिरहेको र सबै पूर्व विद्यार्थीहरुको समन्वय र सहयोग परिचालन गरी यस्ता सहायता उपलब्ध गराउन सदैब तयार रहने बताए । उनले २०६६ को एसएसली ब्याचप्रति विशेष धन्यवाद दिए । विद्यालयको ४४ औं जन्मजयन्ति अनौपचारिक सांस्कृतिक कार्यक्रमहरु गरी मनाइएको थियो । सुरूमा जनप्रतिनिधि ल्याएर कार्यक्रम गर्ने भनिए पनि पछि राजनीतिक रूपमा विवाद सृजना भएपछि कार्यक्रमको मोडालिटी परिवर्तन गरिएको थियो ।

वार्षिकोत्सबका अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाइ पुरस्कार र सम्मान प्रदान गरिएको थियो । आज भन्दा ४४ वर्ष अगाडि वि सं २०३२ सालमा तत्कालीन सडक डिभिजन कार्यालयको एक भवनबाट सुरु गरिएको उक्त विद्यालयमा हाल कक्षा १ देखि कक्षा १२ सम्मको अध्ययन हुन्छ । व्यवस्थापन र शिक्षा संकायमा ११ र १२ को कक्षा समेत संचालनमा छ ।

२०७२ सालको भूकम्प पछि संरचनाहरु ध्वस्त भएका कारण विद्यालयमा कक्षा कोठा र खुला स्थानको अभावको कारण पठनपाठन र कार्यक्रमहरु संचालनमा समस्या देखिएको छ । उक्त विद्यालयको स्थापना र विकासमा संस्थापक प्रधानाध्यापक स्व लोकजंग पाण्डेको विशेष योगदान रहेको भनी उपस्थित जन समुदायले स्मरण गरेका छन् ।

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार २०:२६