२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सहिद स्मारक ‘ए’ डिभिजन लिगका पाँचौं चरणका खेल पुन: सुरु हुँदै

२१ पुस, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत पाँचौं चरणका खेल आजबाट पुन: सुरु हुँदै छ । खराब मौसमको कारण देखाउँदै एन्फाले लिग निर्धारित पाँचौं चरणका खेलहरु दुई दिन स्थगित गरेको थियो ।

लिगको चौथो चरणका खेल बिहीबार सकिएका थिए । चौथो चरणका सबै खेल एन्फा कम्पलेक्स सातदोबाटोमा खेलाइएका थिए । जनवरी १ बाट नेपाल भ्रमण वर्षको औपचारिक आरम्भ गर्न रंगशालाका खेलहरु एन्फा कम्प्लेक्समै सारिएका थिए । एन्फाले आइतबार सार्वजानिक गरेको पाँचौं चरणको खेलको कार्यतालिका अनुसार सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पाँचौं चरणको पहिलो दिन दुई खेल हुँदै छन् । पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने कार्यतालिका छ । दोस्रो खेलमा लिगमा अपराजित दुई टोली मछिन्द्र क्लब र साबिक विजेता मनाङबीच स्पर्धा हुँदै छ ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०८:३५