२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एफए कप : लिभरपुल र चेल्सी चौथो चरणमा

२१ पुस, काठमाडौं । एभर्टनलाई १-० गोलले हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा लिभरपुललाई जिताउन कुर्टिस जोन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ७१औँ मिनेटमा जोन्सले निर्णायक गोल गरे ।

यता चेल्सीले पनि नटिंघम फरेस्टलाई २-० गोलले हराउँदै एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जितउन कलुम हड्सन र रोस बार्क्लीले समान १ गोल गरे । खेलको सातौं मिनेटमा हड्सन र ३३औँ मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । –एजेन्सी

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०७:४६