२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

टोटेनह्यामका कप्तान साता मैदान बाहिरै

१९ पुस, काठमाडौं इंग्लिस क्लब टोटेनह्याम हट्सपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन केही साता मैदान बाहिरै रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन केही साता मैदान बाहिर रहने भएका क्लबले विज्ञप्तिमार्फत जनाएको छ ।

केन साउथ एम्पटनसँगको खेलमा गत बुधबार घाइते भएका थिए । घाइते भएका केनले एफए कपसहित ईपीएलका केही खेल गुमाउने भएका छन् । केनले जारी सिजनमा देश र क्लबका लागि ३१ खेलमा २७ गोल गरेका छन् । क्लबका प्रशिक्षक होसे माउरिन्होले यसलाई दु:खद खबरको संज्ञा दिए ।

क्लबका अनुसार उनको ह्यामस्ट्रिङ च्यातिएको छ । केन मैदान फर्कने विषयमा कुनै टुंगो लागेको छैन । तर उनी केही साता मैदान बाहिर रहने पक्का भएको छ ।

केनले देश र क्लबका लागि २७ खेलमा ३१ गोल गरिसकेका छन् । –एजेन्सी

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०९:५३