२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ईपीएलमा २-० ले लिभरपुल विजयी

१८ पुस, काठमाडौं इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र सादियो मानेले एक–एक गोलको योगदान गरे ।

खेलको चौथौ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा लिभरपुलले एक गोलको अग्रता कायम राख्यो ।

खेलको ६४औँ मिनेटमा मानेले १ गोल थप्दा लिभरपुलले अग्रता दोब्बर बनायो । अन्त्यमा अरु गोल नथपिँदा लिभरपुल सेफिल्डविरुद्ध २–० गोलले विजयी भयो ।

यो जितसँगे लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा रहँदा २० खेलबाट ५८ अंक जोडेको छ । आठौँ स्थानमा रहेको सेफिल्डको २१ खेलमा २९ अंक छ । –एजेन्सी

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०८:३८