१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

सुडानमा सैन्य विमान दुर्घटना : ४ बालबालिका, ३ न्यायाधीशसहित १८ को मृत्यु

१८ पुस, एजेन्सी सुडानको वेस्ट डार्फर राज्यमा एउटा सैन्य विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका र ३ न्यायाधीश पनि छन् ।

सेनाका प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एएफपीलाई बताए अनुसार दुर्घटनामा विमान चालक दलका ७ जनाकै मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ सर्वसाधारणको ज्यान गएको बताइन्छ ।

जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग लिएर प्रान्तीय राजधानीबाट उडेको ५ मिनेटमै विमान दुर्घटनामा परेको हो ।
विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । वेस्ट डार्फरमा भड्किएको दंगामा पछिल्लो एक सातामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ।
दी हिन्दु

प्रकाशित मिति : January 3, 2020 at 7:50 am