१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मेक्सिकोकाे कारागारमा कम्तीमा १६ कैदीको मृत्यु

१६पाैष,  रासस/सिन्ह्वा । कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १४:००