१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

गुरुङ समुदायले मुसा वर्षलाई यसरी गरे स्वागत (फोटोफिचर)

१५ पाैष, काठमाडाैँ । गुरुङ समुदायले पुरानो गृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको हो ।

परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यस अवसरमा तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रि«य परिषद्ले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभयो । तमू ल्होसारका मूलसमारोहमा सहभागी हुनुभई उहाँले विभिन्न जिल्लाबाट राजधानी आई बसेका गुरुङ समुदायले प्रस्तुत गरेको मौलिक पहिचानसहितको सांस्कृतिक झाँकी अभिरुचिपूर्वक हेर्नुभएको थियो । तस्बीरहरूः रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार २०:३८