गरिब लुट्ने सांसद बनेका रहेछ्नः डा युवराज संग्राैला
१५ पौष, काठमाडौँ । यथार्थपरक टिप्पणीमा मात्र रमाउने पूर्व महान्यायाधिवक्ता एवं संवैधानिक कानुनका जानकार डा युवराज संग्रौलाले उखु किसानको शोषण र किसानलाइ शोषण गर्नेसँग राज्य निरीह बनेको बारेमा एउटा व्याग्यात्मक टिप्पणी गरेका छन । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत संग्रौलाले यसअघि कृषिमन्त्री घनश्याम भुषाललाइ बधाई नदिएको र आजचाहिँ बधाई दिनै पर्ने भएको भन्दै व्यंग समेत गरेका छन । उनले गरिब लुट्नेहरू सांसद बनेको भन्दै समृद्धि गरिबको जीवन नउकासी नआउने बताएका छन । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन ।
उखु किसानको शोषण घिनलाग्दो अत्याचार हो। हिजो संसारमा उपनिबेशबादीहरु यसै गर्थे।जनता लुटथे। आज यत्रो शोषण हुँदा न त राजनितिक दल, न त सरकार न त नागरिक समाज, न त सत्ताको पुनरावृत्ति चाहाने राजा कोहि चुहिक्क बोल्दैन। के स्थापित हुन्छ, यसबाट
१. नेपालमा राजनीति केबल आडम्बर मात्र हुन पुगेछ। किन अर्काको परिश्रम खाने मानिसलाइ पक्रीएर कारबाही नगरिएको हो?

२. कृषिको अबहेलना नियोजित हो भनेर मैले, धेरै चोटि लेखें। आखिर सत्य रहेछ। कृषि मन्त्री पनि अब पक्का मन्त्री भइ सक्नु भएछ। मैले बधाई दिन्न राम्रो काम गरे पछि आभार ब्यक्त गर्छु भनेको थिएं टेलिफोनमा। आजै बधाई दिनु पर्ने भयो। अब उहाँहरुले अपराध गर्नेलाई सजाय होइन गरिब जनताले तिरेको करबाट अनुदान दिनु हुन्छ। बिचौलियाले कमिसन खान पाउँछन्।
३. समृद्धि गरिबको जीवन नउकासी आंउदैन। तर गरिब लुट्ने सांसद बनेका रहेछ्न।
४. कतै देशले ठुलै अनिस्ट भोग्नु पर्ने त होइन। सबै कुरा हेर्दा हामी ओदान माथी बसेका छौँ र आगो बिस्तारै बल्दै छ भन्ने अनुभुती हुंदैछ।
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०८:५५












