२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ईपीएलमा म्यान्चेस्टर शीर्ष ४ नजिक

१३ पुस, काठमाडौं इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड शीर्ष ४ नजिक पुगेको छ । शनिबार राति भएको खेलमा वर्नलीमाथि २-० को जित निकाल्दै युनाइटेड तालिकाको शीर्ष ४ नजिक पुगेको हो ।

वर्नलीको घरेलु मैदानमा युनाइटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले १-१ गोल गरे । खेलको ४४औं मिनेटमा मार्टियलले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । रासफोर्डले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडको जित निश्चित गरेका थिए ।

युनाइटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ । र ३१ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । वर्नली २४ अंकसहित तालिकाको १३औं स्थानमा पुगेको छ । –एजेन्सी

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०७:१२