१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बेनी अस्पतालमा विद्युतीय टोकन प्रणाली शुरुः बिरामीलाई सहज

१२ पाैष, म्याग्दी । बेनी अस्पतालमा आजदेखि बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ । लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन सो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ”, उहाँले भन्नुभयो ।

लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यले उपचारका लागिसमेत सहज भएको ६० वर्षीय यामबहादुर पुनले बताउनुभयो ।यो प्रणालीको शुरुआतबाट विगतमा लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमरजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले बताउनुभयो । अस्पतालले निकट भविश्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शरु गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 28, 2019 at 6:30 pm