१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

टर्कीमा पानीजहाज पल्टिँदा सातको मृत्यु, ६४ को उद्धार

११ पुस, टर्की । पाकिस्तान, बंगलादेश र अफगानिस्तानका आप्रवासी तथा शरणार्थी बोकेर यूरोपतर्फ जाँदैगरेको पानी जहाज टर्कीमा दुर्घटनाग्रस्त हुँदा सातजनाको मृत्यु भएको छ । अरु ६४ जनाको भने सुरक्षित उद्धार भएको छ ।

इरानको सीमानजिकै टर्कीको बिटलिस प्रान्तको लेक भानमा उक्त जहाज डुबेको हो । लेक भान इरानसँगको सीमा नजिकैको क्षेत्र हो । जसलाई टर्की हुँदै युरोप छिर्ने शरणार्थी तथा आप्रवासीले नियमित प्रयोग गर्दै आएका छन् ।

दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो । दुईजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । –एजेन्सी

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ०८:३१