१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

पूर्बप्रधानमन्त्री खनालले निर्भिक र दृढ योद्धा राजेन्द्र नेम्वाङलाई यसरी सम्झिए

१० पौष, काठमाडौँ । बुधबार अनामनगर स्थित राजेन्द्र परदेशी स्मृति ग्रन्थको लोकापर्ण गर्दै पूर्वप्रधामन्त्री झलनाथ खनालले राजेन्द्र परदेशीलाई यसरी सम्झनु भयो ।

राजेन्द्र नेम्वाङ एउटा निर्भिक र दृढ योद्धाको नाम हो । उनी विद्रोही थिए । उनको सिङ्गो परिवार नेपाली कंग्रेसमा थियो । तर उनी एक्लै तत्कालिन नेकपा (माले) को पक्षमा उभिएका योद्धा हुन । जति वेला त्यस्तो विद्रोह गरेर उनी कम्युनिष्ट आन्दोलनको धारा तिर आकर्षित भै रहेकमा थिए, त्यतिवेला म झापा जेलमा थिए । मैले इलाममा जिल्ला कमिटी नेकपा गठन गरे । त्यसकै नेतृत्वमा पछि ‘कोअर्डिनेशन केन्द्र’ गठन गरे र म त्यो कोअर्डिनेशन केन्द्रको केन्द्रीय कार्यभार सम्हाल्न इलामबाट हिडे । को.के. को केन्द्रीय कार्यभार सम्हालेर अघि बढ्दा बढ्दै झापामा पक्राउ परे र झापा जेलमा बंदी भएर बसि रहेको थिए ।

अचानक एक दिन २ जना युवाहरु मलाई भेट्न भनेर झापा जेलमा आई पुगेछन । म को आएका होलान भनेर भित्र कोठाबाट हतार हतार जेलको गेटमा निस्के । यसो हेर्दा त मेरा कान्छा भाई दाताराम खनाल रहेछन एक जना । अर्का जना दाताराम संगै आएका युवा योद्धा भाई राजेन्द्र नेम्वाङ रहेछन् । उनले मलाई झटपट नमस्कार गरे र भने “दाई ! तपाई पक्राउ परे पछि हामीलाई त अन्यौल जस्तो भयो र तपाईलाई भेट्न आएका !” “अब तपाइलाई पंचायतले कहिले छोड्छ दाई ? तपाइलाई मुद्धा पनि लगाएको छ ? यी राजेन्द्र नेम्वाङका प्रश्नहरु थिए एकै सासमा पोखेका” । जेलको ढोकामा कतिपय मानिस भेट्न आउनै डराउछन । कति आएर पनि बोल्न सक्तैनन तर राजेन्द्र नेम्वाङले फटाफट स्वभाविक रुपमा प्रश्नहरु गरेको देखेर मलाई खुसी पनि लाग्यो । यो ०३५ सालको कुरा हो । त्यति वेला उनी पनि इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढ्न थालेका थिए । त्यति वेला दाताराम खनाल विद्यार्थी युवाका अगुवा थिए । उनै संग लागेर राजेन्द्र मलाई भेट्न चन्द्रगढी जेलमा आएका थिए ।

उनले ०३६ साल तिर पुगेपछि प्रविणता लेभल पास गरे । त्यस पछि उनी शिक्षण प्रशिक्षण तिर लागे र लामो समय त्यसमै विताए । उनले क्याम्पसमा रहँदा अनेरास्ववियुलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे । भाई चाहे विद्यार्थी जीवनमा होस वा शीक्षक जीबनमा होस् कम्यूनिष्ट आन्दोलनलाई र देशको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन निरन्तर लागि रहे । त्यस क्रममा उनले महत्वपूर्ण योगदान गरे । काम कै दौरानमा उनलाई जण्डिस जस्तो घातक रोगले समात्यो । उनलाई उपचार गर्नका लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखियो । डाक्टरहरुले हुने सम्मको उपचार गरे । तर उनलाई बचाउन सकिएन । आखिर ०६७ असौजमा उनको दुखद निधन भयो । म उनीँ प्रति फेरी एक पटक हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु । अहिले आएर उनको सम्झनामा स्मृति ग्रन्थ निकालिदै छ भन्ने थाहा पाउंदा मलाई धेरै नै खुसी लागेको छ । उनी जस्ता युवा योद्धाको स्मृति ग्रन्थले हामी सवैलाई उत्साहित र प्रेरित गर्ने छ । स्मृति ग्रन्थ निकाल्ने पवित्र कार्यमा आयोजक र प्रकाशक साथीहरुलाई आवश्यक सफलता प्राप्त होस भन्ने म हार्दिक सुभकामना पनि प्रकट गर्न चाहन्छु ।

उक्त कार्यक्रममा राजेन्द्र परदेशीका परिवारलाई पूर्वप्रधानमन्त्री खनालले सम्मान गर्नु भएको थियो ।

प्रकाशित मिति : 09:42