१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

७ पुस, रासस/सिन्ह्वा । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उहाँहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । आफूहरुकाबीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताउनु भएको छ ।

चीन—जापन—दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आउनु भएको हो । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ ।

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार १४:३९