२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

सर्वाधिक धनराशिको लाफा ब्याडमिन्टन बुटवलमा शुरु

६ पुस, रुपन्देही । लाफा समूहको आयोजनामा प्रदेश नं ५ को सर्वाधिक धनराशिको ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु भएको छ । प्रतियोगितामा खुलातर्फ ८० र भेट्रानतर्फ ३२ टोलीको सहभागिता छ । खुलातर्फ उपाधि विजेता टोलीले नगद रु ५१ हजार १११, दोस्रो टोलीले नगद रु ४१ हजार १११ तथा तेस्रो टोलीले नगद रु ३१ हजार १११ नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता टोलीले नगद रु २१ हजार १११, द्वितीय टोलीले नगद रु १५ हजार १११ तथा तृतीय टोलीले नगद रु १० हजार १११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारासिंह रेश्मीले बताउनुभयो । प्रतियोगिताको शनिबार उद्घाटन गर्दै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले खेलकूदको पूर्वाधार विकासमा प्रदेश प्राथमिकता दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “स्थानीय तहबाट जग्गा प्राप्त गर्न सके आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले सहयोग गर्ने छ ।”कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिबल सङ्घ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगर खेलकूद विकास समितिका संयोजक नन्दु काउचालगायतले प्रदेश सरकारले खेलक्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : December 22, 2019 at 8:30 am