२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

क्लब विश्वकपको उपाधि लिभरपुललाई

६ पुस, काठमाडौं लिभरपुलले क्लब विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । ब्राजिली क्लब फ्लामेन्गोलाई १-० गोलले पराजित गर्दै शनिबार राति भएको खेलमा लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो ।

विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाइनल पुगेका थिए ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए । उनले ९९औं मिनेटमा गोल गरेका थिए । लिभरपुल क्लब इतिहासमा पहिलोपटक विश्वकपको च्याम्पियन बनेको हो । – एजेन्सी

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०७:५७