१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मुशरर्फको मृत्युदण्डअघि नै मृत्यु भए ३ दिन शव झुण्ड्याउन अदालतकाे आदेश

४ पुस, काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफकाे मृत्यु मृत्युदण्ड दिनुअघि नै भए उनकाे शवलाई झुण्ड्याउन  अदालतले आदेश दिएको छ । पाकिस्तानकाे लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा मुशरर्फको शवलाई ३ दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख गरेकाे छ ।


पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ । अहिले ७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् । मुशरर्फले अस्पतालबाटै एउटा भिडियो सन्देश जारी गरेर अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १०:१५