२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रियल र बार्सिलोना गोल रहित बराबरीमा

३ पुस, काठमाडौं स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल गोल गोल रहित बराबरीमा टुंगिएको छ । पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ ।

गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् । दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग स्पष्ट ५ अंकको अग्रता लिएका छन् ।

खेलका दुवै टिमले गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०८:३३