२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पीपीएल : काठमाडौं गोल्डेनलाई जित्नैपर्ने दबाब

फाइल तस्बिर ।

२ पुस, कास्की  दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनको सामना गर्नेछ ।

पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट सुरु हुने पहिलो खेलमा काठमाडौं पहिलो जितको खोजीमा रहनेछ भने धनगढी लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । काठमाडौं भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो ।

सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित्नैपर्ने दबाब छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंकविहिन हुँदै तालिकाको पुछारमा छ ।

दिउँसो हुने दोस्रो खेलमा विराटनगरले पोखराको सामना गर्नेछ । प्रतियोगितामा पोखरा दोस्रो जितको खोजीमा छ भने विराटनगर पहिलो जित निकाल्न चाहन्छ ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०७:३३