२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र २-० ले विजयी

२९ मंसिर, काठमाडौं सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब २-० ले विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई मछिन्द्रले हराएको हो ।

मछिन्द्रका लागि खेलको ३०औँ मिनेटमा योगेश गुरुङले तथा खेलको ५०औँ मिनेटमा दीपक राईले गोल गरेका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको ब्रिगेडले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको थियो ।

जितसँगै मछिन्द्रले ३ अंक जोडेको छ । दशरथ रंगशाला वर्षाले हिलाम्मे भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा खेल सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०५:५१