२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३ औँ सागमा स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

२५ मंसिर, काठमाडौँ । सरकारले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गर्नुभएकाे हाे ।

यस्तै रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैया दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयाे । प्रधानमन्त्री ओलीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार १६:१४