१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अमेरिकाको न्युजर्सीमा गोली चल्यो, ६ को मृत्यु (तस्बिरसहित)

२५ मंसिर, न्युजर्सी अमेरिकाको न्युजर्सी सहरमा गोली चलेको छ । सरहको ग्रिनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब १ घण्टासम्म गोली हानाहान हुँदा प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । थप २ प्रहरी घाइते भएको बीबीसीले जनाएको छ ।

गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीको समाचारमा छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।

स्थानीयका अनुसार गोलीबारीको आरम्भ भने एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए ।

मारिने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स छन् । उनी १३ वर्षदेखि जर्सी सहरको प्रहरी सेवामा थिए । दुई संदिग्ध व्यक्तिले प्रहरीमाथि गोली चलाएका थिए ।

त्यसपछि विशेष प्रहरी दस्तालाई बोलाइयो र ती आक्रमणकारी पनि मारिएका थिए । प्रहरीका अनुसार आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयौं राउन्ड गोली बरामद भएका छन् । –बीबीसी

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०७:४६